काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।
सांसदहरूको मत विभाजनका आधारमा बिहीबारको संसद बैठकले घिमिरेलाई सभामुख चयन गरेको हो ।
घिमिरे झापा २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । सभामुखका लागि घिमिरे र नेपाली कांग्रेसकी ईश्वर न्यौपानेबीच प्रतिस्पर्धा भएको थियो ।
घिमिरेलाई १६७ मत प्राप्त भएको छ भने न्यौपानेले १ सय मत पाएकी छिन् ।
सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी बाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदले मत दिएका थिए ।
कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका थिए ।
Facebook Comments Box