काठमाडौँ। सभामुख देवराज घिमिरेले संघीय संसद भवनको अवलोकन गरेका छन्।
नयाँ वानेश्वरस्थित संसद भवन पुगेर सभामुख घिमिरेले बैठक हल र बैठक सञ्चालन सम्बन्धी आवश्यक कामकाजबारे जानकारी लिएका हुन्।
उनलाई संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, कार्यव्यवस्था परामर्श समितिका प्रमुख एवं संघीय संसदका प्रवक्ता एकराम गिरी, कानुनका सहसचिव लक्ष्मीप्रसाद गौतम लगायतले बैठक सञ्चालनको प्राविधिक पक्ष, संसदीय अभ्यास र परम्पराका बारेमा जानकारी गराएका थिए।
Facebook Comments Box

