Author: admin

काठमाडौँ  । राष्ट्रिय सभाबाट  ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेको थियो ।  प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या ल्याएकाले तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्न कानून ल्याइएको बताए ।  तेजाब र घातक रासायनिक पदार्थको उत्पादन, आयात, निर्यात, भण्डारण, बिक्री वितरण र उपयोगलाई नियमन तथा व्यवस्थापन गर्न विधेयक प्रस्ताव गरिएको जनाउँदै उनले विधेयक पारित भएसँगै तेजाब…

Read More

इटहरी । सुनसरीको रामधुनी नगरपालिका ६ सुवानामा १६ वर्षीय किशोरको हत्या भएको छ।  मंगलबार बिहान सवा ७ बजे घरैमा सुतिरहेका चन्द्र सदाको १६ वर्षीय छोरा विवेक सदाको हत्या भएको हो। उनको पेटमा छुरा प्रहार भएको थियो। गम्भीर घाइते भएका सदालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न आरोपमा १७ वर्षीय किशोर पक्राउ परेका छन्। छुरा प्रहार गरी घाइते बनाएर भागेका उनलाई छुरासहित इलाका प्रहरी कार्यालय पकलीको टोटीले पक्राउ गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ।

Read More

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई बालकोटस्थित उनको निवासमा पुगेर लिउले भेट गरेका हुन् । भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली , ईश्वर पोख्रेल लगायत सहभागी छन् । यस्ते, उषा किरण भण्डारी , अन्जन शाक्य तथा कृशा केसी पनि भेटवार्तामा संलग्न छन् । आइतबार काठमाडौं आएका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ ।

Read More

काठमाडौं । सरकारले नेपाल प्रहरीलाई हातहतियार खरिद गर्न अनुमति दिएको विषयमा संसद्को अर्थ समितिले गृह मन्त्रालयसँग जवाफ मागेको छ। अर्थ समितिको सोमबार बसेको बैठकले मुलुकको आर्थिक अवस्था कमजोर बनेको, आर्थिक संकट निम्तिएको र डलरको सञ्चिति घटेको बेला बजेटमा उल्लेख नभएको विषयमा सरकारले किन हतियार खरिद गर्न लागेको भन्दै मन्त्रालयसँग जवाफ मागेको हो।   समितिले मन्त्रालयसँग सम्पूर्ण कागजातसहित तीन दिनभित्र जवाफ दिनुपर्ने जनाएको छ। सरकारले तत्काल ८४ करोड रुपैयाँको हतियार खरिदका लागि नेपाल प्रहरीलाई अनुमति दिइसकेको छ। सो हतियार खरिदका लागि नेपाल प्रहरीले इटालीको एक कम्पनीबाट ल्याउने तयारी गरेको छ। इटालीको बेर्रेटा कम्पनीमा बनेका हतियार ल्याउने गरी प्रक्रिया अघि बढाइएको छ।…

Read More

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ। बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका छन्। बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२च २०६३ नंको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे१ह ४६४४ नंको अटोलाई पछाडिबाट ठक्कर दिएको हो।  दुर्घटनामा अटोचालक खड्कासँगै मेचीनगर–७ की १८ वर्षीया बिना सेन्चुरी र मेचीनगर–४ की ३२ इन्दिरा राई घाइते भएकी थिइन्। घाइते भएकामध्ये अटोचालक खड्काको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा अपराह्न…

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले भेटवार्ता गरेका छन् । चारदिने नेपाल भ्रमणमा रहेका सिपिसीका विदेश विभाग प्रमुख लिउले सोमबार अपराह्न खुमलटार पुगी प्रचण्डसंग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । भेटका क्रममा प्रचण्डले एक चीन नीतिका लागि नेपाल र नेपाली जनता प्रतिवद्ध रहेको बताए । नेपालको बिकासको प्रक्रियामा चीनले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै प्रचण्डले चीनमा अध्ययनरत बिद्यार्थीहरुको समस्या समाधान, चीन नेपालबीचको व्यापार र नाका सहज रुपमा खोल्न आग्रह गरेको माओवादी नेता…

Read More

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरुले आगामी चुनावमा तालमेलका लागि मापदण्ड बनाउन सुझाव दिएका छन् । सोमबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा उनीहरुले चुनावमा गठबन्धनलाई निरन्रता दिदै तालमेलका लागि आवश्यक मापदण्ड बनाउन सुझाव दिएका हुन् । केही सभापतिले भने कांग्रेस एक्लै चुनाव लड्दा उचित हुने धारणा राखेका थिए । त्यस्तै उनीहरुले चुनावमा टिकट वितरणलाई विधि र विधानसम्मत रुपमा लागू गर्नुपर्ने बताएका थिए । बैठकमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचनको प्रतिवेदन पेश गरिएको छ भने भातृ तथा शुभेच्छुक संस्थाको विधान टुङ्गो लगाउने विषय र तथा सरकारको काम कारबाहीको समीक्षा हुने प्रवक्ता डा प्रकाशशरण…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निष्प्राण भइसकेको टिप्पणी गरेका छन् । सोमबार ललितपुरमा सम्पादकहरुसंग छलफल गर्दै अध्यक्ष ओलीले देश र जनताका लागि सरकारले कुनै काम गर्न नसकेको भन्दै वर्तमान परमादेशी सरकारको कुनै अर्थ नै नरहेको र निष्प्राण भइसकेको बताए । ओलीले वर्तमान सरकार कसले चलाइरहेको छ भन्ने नै थाहा हुन नसकेको बताए । सरकारलाई जसले चलाए पनि सेटिङ र मुलुकलाई अधोगतिमा लैजानेतर्फ केन्द्रित रहेको र गठबन्धन जोगाउने काम मात्रै भएको उनले बताए। उनले गठबन्धन कै कारण जनतामा दलहरुप्रति र सरकारप्रति बितृष्णा जागेको र विश्वास कम हुँदै गएको उल्लेख गरे ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले हालै राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद् सम्बन्धि विधेयकप्रति असन्तुष्टी जनाएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आज सरकारले विधेयक प्रस्तुत गरेर गल्ती गरेको समेत बताएका छन्। ‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौँ हामी?,’ शर्माले ट्वीटरमा लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी? हुन्छ कसरी? गर्छ कसले? सल्लाह दिन्छ कसले? यो दुःखद छ प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ।’ यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वका सरकारमा ल्याएको विधेयकका केही शब्द हेरफेर गरेर सरकारले विधेयक राष्ट्रिय…

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेता तथा कार्यकर्ताले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका छन् । भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पूर्णता दिन माग गर्दै अपरान्ह १ बजे कोइराला पक्षधर नेताहरुले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन्। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा कोइराला पक्षधर तरुण र बिद्यार्थी नेताहरुले सो प्रदर्शन गर्ने भएका हुन् । नेपाल बिद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिहरुले प्रदर्शनमा भाग लिने बताइएको छ ।

Read More