काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेता तथा कार्यकर्ताले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका छन् ।
भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पूर्णता दिन माग गर्दै अपरान्ह १ बजे कोइराला पक्षधर नेताहरुले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा कोइराला पक्षधर तरुण र बिद्यार्थी नेताहरुले सो प्रदर्शन गर्ने भएका हुन् ।
नेपाल बिद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिहरुले प्रदर्शनमा भाग लिने बताइएको छ ।
Facebook Comments Box