काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निष्प्राण भइसकेको टिप्पणी गरेका छन् ।
सोमबार ललितपुरमा सम्पादकहरुसंग छलफल गर्दै अध्यक्ष ओलीले देश र जनताका लागि सरकारले कुनै काम गर्न नसकेको भन्दै वर्तमान परमादेशी सरकारको कुनै अर्थ नै नरहेको र निष्प्राण भइसकेको बताए ।
ओलीले वर्तमान सरकार कसले चलाइरहेको छ भन्ने नै थाहा हुन नसकेको बताए । सरकारलाई जसले चलाए पनि सेटिङ र मुलुकलाई अधोगतिमा लैजानेतर्फ केन्द्रित रहेको र गठबन्धन जोगाउने काम मात्रै भएको उनले बताए।
उनले गठबन्धन कै कारण जनतामा दलहरुप्रति र सरकारप्रति बितृष्णा जागेको र विश्वास कम हुँदै गएको उल्लेख गरे ।
Facebook Comments Box