काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले भेटवार्ता गरेका छन् ।
चारदिने नेपाल भ्रमणमा रहेका सिपिसीका विदेश विभाग प्रमुख लिउले सोमबार अपराह्न खुमलटार पुगी प्रचण्डसंग भेटवार्ता गरेका हुन् ।
भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । भेटका क्रममा प्रचण्डले एक चीन नीतिका लागि नेपाल र नेपाली जनता प्रतिवद्ध रहेको बताए ।
नेपालको बिकासको प्रक्रियामा चीनले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै प्रचण्डले चीनमा अध्ययनरत बिद्यार्थीहरुको समस्या समाधान, चीन नेपालबीचको व्यापार र नाका सहज रुपमा खोल्न आग्रह गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
Facebook Comments Box