Author: admin
काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशलाई लिएर संसदीय छानविन समिति गठन हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माको विषयलाई लिएर चौतर्फि विरोध भइरहँदा छानविन समिति नै बनाएर अघि बढ्न दलहरु सहमत भएका हुन्। एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ११ सदस्यीय समिति बनाउने सहमति भएको छ। जसमा एमालेका तर्फबाट ४, कांग्रेस-माओवादीबाट २/२, एकीकृत समाजवादी, लोसपा र जसपाबाट १/१ जना सदस्य हुने गरि समिति बनाउने सहमति भएको छ। सहमतिमा रहनेहरुको नाम तयार हुँदैछ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ । ‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरेका हौ, अर्थमन्त्रीको जवाफ खोजेका होइनौ ।’ आज बिहान बसेको माओवादी केन्द्रको बैठकले बजेटबारे उठेका प्रश्नमा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी बैठकले एमालेसँग सल्लाह गरेर अघि बढ्ने निर्णय गरेको माओवादीका एक स्थायी कमिटी सदस्यले…
झापा । झापाको अर्जुनधारामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडामा हात्ती मृत फेला परेको स्थानीय बासिन्दाले बताएका छन्। हात्ती खेतमा मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। हात्ती के कारणले मरेको भन्ने खुलिसकेको छैन। हात्तीको शरिरमा कुनै चोट देखिएको छैन। यसअघि बुद्धशान्तिमा एक साताअघि हात्ती मृत फेला परेको थियो। एकपछि अर्को हात्ती मरेको फेला परे पनि यसबारे सरकारी तहबाट के कारणले हात्ती मरेको भन्ने सार्वजनिक गरिएको छैन।
काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री श्री शरेबहादुर देउवाले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तेस्रो वार्षिक प्रतिवेदन, २०७८’ पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले ‘रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
काठमाडौं । नेपालको संकटोन्मुख अर्थतन्त्रप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालय र बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले संयुक्त रूपमा आयोजना गरेको ‘देशको अर्थतन्त्रले भोगिरहेका समस्या र समधानका उपाय’ विषयक अन्तक्र्रियामा मन्त्री, सचिव, बैंकर, व्यवसायीलगायतले बिग्रिँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले देशमा उत्पादनशील क्षेत्र बलियो बनाउन वित्तीय क्षेत्रलाई समेत बलियो बनाएर लगानी बढाउन जरुरी रहेको बताए । कृषि तथा वनमा आधारित उत्पादनको गुणस्तरमा सुधार गर्ने, उत्पादनको लागत घटाउने र निर्यात बढाउनेतर्फ विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘वर्तमान अर्थतन्त्रको अवस्थालाई गम्भीर रूपमा मनन गर्दै आर्थिक एवं वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेका व्यावसायिक तथा वित्तीय…
काठमाडौं । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो। सो विधेयक दुई वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन अवस्थामा थियो। यस्तै बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख डा. संगीता कौशल मिश्रलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो।
काठमाडौं । जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई आजीवन कैद सजायको फैसला सुनाएको हो । हत्यामा ५ जना संलग्न रहेको पुष्टि भएपनि चार जनालालाई आजीवन कारावासको सजाय सुनाएको श्रेस्तेदार केदारप्रसाद गौतमले बताए । उनले एक जना नाबालक रहेकाले कम सजाय भएको बताए । २५ वर्षलाई आधार मानेर दुईतिहाइ कैद हुने फैसला भएको छ । आजीवन कारावासको सजाय सुनाइएकाहरुले बाँचुनजेलसम्म कारागारमा बसेर कैद सजाय कटाउनुपर्ने गौतमले बताए । ४ जनाले मृतक परिवारको राहत कोषमा २–२ लाख रूपैयाँ क्षतिपूर्ति रकमसमेत…
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो तीन बजे बैठक बस्ने भएको हो। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नुपर्ने भए पनि मन्त्रिमण्डल हेरफेरका कारण बैठक आजका लागि तय गरिएको हो। मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री जर्नादन शर्माको विषयमा पनि छलफल हुने बताइएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई समेत संलग्न गराएको र सिसीटीभी फुटेजसमेत गायब गराएको भनेर विवादित बनेका शर्मालाई प्रधानमन्त्रीले बिफ्रिङ गरेर स्पष्टीकरण सोध्ने तयारी छ।
रामेछाप । रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । ‘बस दुर्घटनामा घटनास्थलमा नौ जनाको र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भइसकेको छैन । मृत्यु हुनेमा सात जना पुरुष र पाँच जना महिला रहेका प्रहरी निरीक्षक ढकालले बताए ।दुर्घटनामा घाइते भएका २२ जनाको काभ्रेमा उपचार भइरहेको छ । धुलिखेलमा…
काठमाडौं । नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था आएको भन्दै प्रधानमन्त्रीको कार्यालय तथा आपूर्ति मन्त्रालयको ध्यानकर्षण गराएको छ । सोमबार दुवै निकायलाई पत्राचार गर्दै निगमले तत्काल स्रोतको जोहो नगरिए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने बताइएको छ । निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले लेखेको पत्रमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन नसक्ने वा मूल्य समायोजन पनि हुन नगर्ने हो भने निकट भविष्यमा आपूर्तिमा समस्या हुने बताइएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै पत्रमा इण्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि स्मरण गराइएको छ । यस्तै,…