काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दैछ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो तीन बजे बैठक बस्ने भएको हो।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नुपर्ने भए पनि मन्त्रिमण्डल हेरफेरका कारण बैठक आजका लागि तय गरिएको हो। मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री जर्नादन शर्माको विषयमा पनि छलफल हुने बताइएको छ।
आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई समेत संलग्न गराएको र सिसीटीभी फुटेजसमेत गायब गराएको भनेर विवादित बनेका शर्मालाई प्रधानमन्त्रीले बिफ्रिङ गरेर स्पष्टीकरण सोध्ने तयारी छ।
Facebook Comments Box