काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशलाई लिएर संसदीय छानविन समिति गठन हुने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माको विषयलाई लिएर चौतर्फि विरोध भइरहँदा छानविन समिति नै बनाएर अघि बढ्न दलहरु सहमत भएका हुन्।
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ११ सदस्यीय समिति बनाउने सहमति भएको छ। जसमा एमालेका तर्फबाट ४, कांग्रेस-माओवादीबाट २/२, एकीकृत समाजवादी, लोसपा र जसपाबाट १/१ जना सदस्य हुने गरि समिति बनाउने सहमति भएको छ।
सहमतिमा रहनेहरुको नाम तयार हुँदैछ।
Facebook Comments Box