काठमाडौं । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो।
सो विधेयक दुई वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन अवस्थामा थियो।
यस्तै बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख डा. संगीता कौशल मिश्रलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो।
Facebook Comments Box