झापा । झापाको अर्जुनधारामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडामा हात्ती मृत फेला परेको स्थानीय बासिन्दाले बताएका छन्।
हात्ती खेतमा मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।
हात्ती के कारणले मरेको भन्ने खुलिसकेको छैन।
हात्तीको शरिरमा कुनै चोट देखिएको छैन।
यसअघि बुद्धशान्तिमा एक साताअघि हात्ती मृत फेला परेको थियो।
एकपछि अर्को हात्ती मरेको फेला परे पनि यसबारे सरकारी तहबाट के कारणले हात्ती मरेको भन्ने सार्वजनिक गरिएको छैन।
Facebook Comments Box