Author: admin
काठमाडौं । शनिबार राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपतिको सरकारी निवासबाट करौडौँ रूपैयाँ नगद बरामद गरेको बताइएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन् । सामाजिक सञ्जालमा केही भिडियो सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीले नोट गनिरहेको देख्न सकिन्छ । ठूलो संख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । एउटा भिडियोमा केही प्रदर्शनकारी नोट गन्दै गरेको देखिएका छन् । श्रीलङ्काका संचारमाध्यमका अनुसार राष्ट्रपति भवनबाट बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ । यसैबीच, अनुसन्धान अधिकारीले तथ्य जाँचपछि मात्रै वस्तु स्थितिबारे भन्न सकिने बताएका छन् । आर्थिक मन्दीको…
सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा आउँदो प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको रणनीतिका सन्दर्भमा पनि छलफल हुने बताए । बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ । आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो ।
झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जीलिङका २७ बर्षीय अनुप प्रधान रहेका छन् । हिजो बेलुका ७ बजे काँकरभिट्टाको मेचीपुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेका प्रधानको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नि खरेलले किसानलाई मल दिन नसक्ने सरकार लाचार सरकार भएको बताएका छन्। अखिल नेपाल किसान महासंघको आह्वानमा बिर्तामोडमा आइतबार साँझ राँके जुलुस प्रदर्शन गर्ने क्रममा उनले मल दिन नसक्ने सरकारप्रति आक्रोश पोखे। उनले भने, ‘किसानलाई मल दिन नसक्ने यो परमादेशी सरकारको कुनै काम छैन।’ महासंघ झापाले सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गर्दै मूल्यवृद्धिको पनि विरोध जनाएको हो । राँकोसहित बिर्तामोड परिक्रमा गरेका उनीहरुले मुक्तिचोकमा कोणसभा गरेका छन् । सरकारले मूल्यवृद्धि नियन्त्रण नगरेको र मलविउको प्रवन्ध नमिलाएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
काठमाडाैं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीपी) का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच शिष्टाचार भेटवार्ता भएको छ । उहाँहरुबीच आइतबार अपरान्ह परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएकाे हाे । मन्त्री खड्का र सीसीपीका विदेश विभाग प्रमुख लिउबीच द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएकाे थियाे । लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँगै अन्य दलका अध्यक्ष लगायत नेतासँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । विदेश विभाग प्रमुख लिउ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल नेपालको तीन दिने भ्रमणमा क्रममा आज बिहान काठमाडौं आइपुगेको हो ।
काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपक्ष पदबाट राजीनामा दिन तयार भएका छन्। प्रदर्शनकारीहरूले राष्ट्रपति भवन तथा प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि उनले राजीनामा दिने घोषणा गरेका हुन्। उनको राजीनामा सम्भवत बुधवार आउने अनलाइन समाचार पोर्टले डेली मिररले जनाएको छ। शनिवार प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति निवास र प्रधानमन्त्री आ-आफ्ना भवनहरूमा थिएनन्। आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा केही महीनादेखि विरोध प्रदर्शन हुँदै आएको छ । दुवै जनाले पदबाट राजीनामा दिने घोषणापछि देशका प्रमुख सहरहरुमा प्रदर्शनकारीहरुले खुसीयाली मनाएका छन् ।
काठमाडाैँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक दिउँसो एकबजे पार्टी कार्यालय, सानेपामा बस्न लागेको हो। बैठकमा भोलिदेखी सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारीबारे छलफल हुने बताइएको छ। बैठकमा पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाको व्यवस्थापनबारे पनि छलफल हुनेछ । कांग्रेसले नयाँ बन्न चाहने भातृ तथा शुभेच्छुक संस्था व्यवस्थापनबारे पदाधिकारी बैठकमा केही दिनदेखि छलफल गर्दै आएको छ।
काठमाडौं । निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरुले लिएर जाने प्रवृत्ति यसपटक पनि दोहोरिएको छ । ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका समान तत्काल फिर्ता ल्याइदिने गरेका छन् भने कतिपयले निकै गाह्रो मानेर फिर्ता गर्छन् । कतिपय मन्त्रीले भोलि फर्काइदिन्छु भन्दै टार्ने गरेका छन् । पछिल्लो पटक कृषि तथा पशुपन्छी मन्त्री पदबाट विदा पाएका महेन्द्र राय यादवले पुल्चोकस्थित मन्त्री निवास छाड्दा वासिङ मेसिनदेखि अन्य केही समान लिएर गएको संघीय सचिवालय निर्माण तथा…
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमाथिको अन्तर्घात छानबिन थालेको छ । पेरिसडाँडास्थित माओवादी केन्द्र केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी समिति बैठकले उम्मेदवारमाथि भएको अन्तर्घात छानबिन गरी कारबाही सिफारिस गर्न छानबिन समितिसमेत गठन गरेको छ । माओवादी केन्द्र प्रवक्ता कृष्णबहादुर महराका अनुसार अनुशासन आयोग अध्यक्ष टंक राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहनेगरी तीन सदस्यीय छानबिन समिति गठन भएको छ । ‘पार्टीकै उम्मेदवारलाई निर्वाचनमा हराउने काम भयो, कतिपय केन्द्रीय सदस्यकै विरोधमा कारबाही गर्नुपर्ने माग गर्दै निवेदन परेको छ,’ प्रवक्ता महराले भने, ‘आफ्नै पार्टीका उम्मेदवारलाई हराउने काम गर्ने अन्तर्घातीलाई कारबाही…
एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् । प्रदर्शनकारीले ‘गोटाबाया घर जाउ’ को नारा लगाएका थिए । समाचारअनुसार राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरेका छन् । यद्यपि, राष्ट्रपति कहाँ छन् भन्ने पुष्टि भएको छैन । कोलम्बोमा तनाव छ । आन्दोलनकारीलाई रोक्न सेना परिचालन गरिएको छ । सडकमा उत्रिएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हावामा फायर समेत गरेको थियो । यसैबीच, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पार्टी नेताहरूको आकस्मिक बैठक बोलाएका छन् । प्रहरीको कारबाहीमा कैयौं व्यक्ति घाइते भएका र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ । सार्वजनिक भएको भिडियो…