काठमाडाैं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीपी) का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच शिष्टाचार भेटवार्ता भएको छ ।
उहाँहरुबीच आइतबार अपरान्ह परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएकाे हाे । मन्त्री खड्का र सीसीपीका विदेश विभाग प्रमुख लिउबीच द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएकाे थियाे । लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँगै अन्य दलका अध्यक्ष लगायत नेतासँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।
विदेश विभाग प्रमुख लिउ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल नेपालको तीन दिने भ्रमणमा क्रममा आज बिहान काठमाडौं आइपुगेको हो ।
Facebook Comments Box