बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नि खरेलले किसानलाई मल दिन नसक्ने सरकार लाचार सरकार भएको बताएका छन्।
अखिल नेपाल किसान महासंघको आह्वानमा बिर्तामोडमा आइतबार साँझ राँके जुलुस प्रदर्शन गर्ने क्रममा उनले मल दिन नसक्ने सरकारप्रति आक्रोश पोखे।
उनले भने, ‘किसानलाई मल दिन नसक्ने यो परमादेशी सरकारको कुनै काम छैन।’
महासंघ झापाले सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गर्दै मूल्यवृद्धिको पनि विरोध जनाएको हो ।
राँकोसहित बिर्तामोड परिक्रमा गरेका उनीहरुले मुक्तिचोकमा कोणसभा गरेका छन् । सरकारले मूल्यवृद्धि नियन्त्रण नगरेको र मलविउको प्रवन्ध नमिलाएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
Facebook Comments Box