Author: admin

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भएको छ। मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे पदाधिकारी बैठक बस्न लागेको हो। सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक राखेका हुन्। कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। यो बैठकमा चुनावी समीक्षा पनि हुनेछ। कांग्रेसमा पदाधिकारी संख्या १४ छ। तर कोषाध्यक्ष मनोनीत हुन बाँकी छ। निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापति देउवाले कोषाध्यक्ष मनोनीत गर्नुपर्ने भए पनि अहिलेसम्म मनोनीत गरेका छैनन्। विधानअनुसार छ…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरू उठेकोले राजीनामा दिनुपर्ने उनको भनाइ छ । सांसद थापाले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानविन गर्नुपर्ने बताए । उनले यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने पनि स्पष्ट पारे । महामन्त्री थापाले अर्थमन्त्रालयको सिसिटिभि फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए।

Read More

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको बेलाको सिसीटिभी फुटेज डिलिट गरेर अर्को अपराध गरेको टिप्पणी गरेका छन् । अर्थमन्त्रीमाथि बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएर व्यापारीको स्वार्थमा करको दर हेरफेर गराएको आरोप लागिरहेका बेला उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरेर सीसीटीभी फुटेज माग्दा अर्थ मन्त्रालयले डिलिट भइसकेको जवाफ दिएको थियो । यस विषयमा सोमबार संघीय संसद भवनमा पत्रकारहरुमाझ उपमहासचिव ज्ञवालीले सो घटनाको सिसीटिभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैंले पुष्टि गरेको जिकिरसमेत गरे ।

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शार्मा ओलीले सत्ता गठबन्धन देशको लागि अभिशाप भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले सरकारले गठबन्धन ठिकाउनबाहेक अरु केही काम गर्ने नसकेको टिप्पणी गरे । राजनीतिक हिसाबले, राष्ट्रियताको हिसाबले, अर्थतन्त्रका हिसाबले देशका लागि यो गठबन्धन अभिशाप भएको उनको भनाइ छ । उनले भने, ‘आफ्ना स्वार्थको खेती गर्ने ठाउँ हो यो देश ? एउटा दल विशेषका स्वार्थ, गठबन्धन विशेषका स्वार्थको बाली काट्ने, फसल उठाउँने ठाउँ हो यो देश ? राजनीतिक हिसाबले, राष्ट्रियताको हिसाबले, अर्थतन्त्रका हिसाबले देशका लागि यो गठबन्धन अभिशाप हो ।’ सरकार गठबन्धन टिकाउने संकल्पमा मात्रै रहेको…

Read More

काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् । घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी दीनेश आचार्य दूतावास पुगेका थिए । घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

Read More

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा संसदीय छानविन समिति गठन गर्न माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले छानविन समिति गठनको माग गरेका हुन्। मन्त्रीमाथि प्रश्न उठ्दासमेत प्रधानमन्त्री निरीह बनेको भन्दै ओलीले जवाफदेही बन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रहसमेत गरेका छन्।

Read More

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रोसँग काम नगरेको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले संसदमा ‘इनफ इज इनफ’ भनेका छन् । बेलायती संसदमा सन् १९४० मा विस्टन चर्चिलले त्यहाँको सरकारले राम्रोसँग काम नगरेपछि वाक्क भएर इनफ इज इनफ भनेको सन्दर्भ कोट्याउँदै उनले भने, ‘मिस्टर प्राइममिनिस्टर इट्स टु मच एण्ड इनफ इज इनफ ।’ आफ्नो नेतृत्वको सरकार ठीक तवरमा चलिरहेको समयमा संसदमा नेपाली कांग्रेसका सांसद गगन थापाले आफ्नो सरकारलाई ‘इनफ इज इनफ’ भनेको स्मरण गर्दै ओलीले अगाडि भने, ‘लोकतन्त्र, सुशासन, विकास र समुन्नतिको काम गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अगाडि बढेका बेला सरकारका सम्बन्धमा एकजना सांसदले…

Read More

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने निष्कर्षमा पुगेको छ । कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भएको आयोगका पदाधिकारी बताउँछन् । आयोगले केही दिनअघि सुरक्षा निकायका प्रमुखहरुसँग पछि निर्वाचनबारे छलफल गरेको थियो । छलफलपछि एकै चरणमा निर्वाचन गर्न सकिने मनस्थिति बनेको आयोगले जनाएको छ।

Read More

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूर्वनासु रघुनाथ घिमिरेलाई बजेटमा राजस्व, कर र भन्सारका दर मिलाउन राति अबेलासम्म प्रयोग गरेको अन्नपूर्ण पोस्ट्मा समाचार आएपछि राजनीतिक र अन्य क्षेत्रमा खैलाबैला मच्चियो। समाचार छापिएको भोलिपल्ट जेठ ३१ मा प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरुद्ध गर्‍यो। प्रमुख सचेतक विशाल भट्टराईले सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने र संसदीय समिति बनाउनुपर्ने कडा माग राखे। नेता योगेश भट्टराईले पनि विशेष समय लिएर कडा मन्तव्य दिए। एमालेले यसबारे अर्थमन्त्रीको जवाफ मात्र मागेन, राजीनामासमेत माग्यो। अन्ततः संसद्को कारबाही अघि बढ्न सकेन। तर, संसद्मा एमालेको आवाज अर्को दिनदेखि क्रमशः घट्दै गयो। सीसीटीभी फुटेज र संसदीय छानबिनको मागबाट ऊ टाढा देखिँदै गयो। कारण एउटै थियो,…

Read More

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका भएको अन्तर्घातको छानविन गर्न समिति बनाएको छ । पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले स्थानीय तहमा भएको अन्तर्घातको उजुरीमाथि छानविन र आवश्यक कारवाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गर्ने निणर्य गरेको हो । समितिका सदस्यमा देवेन्द्र दाहाल र बिष्णु रिमाल रहेका छन् । समितिलाई चूनावमा भएका अनुशासनहिनता र अन्र्तघातका बिषयमा छानविन गरि कारवाही गर्ने अधिकार दिइएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। बैठकले निर्वाचनको समिक्षा जिल्ला र प्रदेश कमिटीले असार महिनाभित्रै सकाएर केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ । त्यस्तै बैठकले सातै प्रदेश र…

Read More