काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा संसदीय छानविन समिति गठन गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले छानविन समिति गठनको माग गरेका हुन्।
मन्त्रीमाथि प्रश्न उठ्दासमेत प्रधानमन्त्री निरीह बनेको भन्दै ओलीले जवाफदेही बन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रहसमेत गरेका छन्।
Facebook Comments Box