काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको बेलाको सिसीटिभी फुटेज डिलिट गरेर अर्को अपराध गरेको टिप्पणी गरेका छन् ।
अर्थमन्त्रीमाथि बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएर व्यापारीको स्वार्थमा करको दर हेरफेर गराएको आरोप लागिरहेका बेला उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरेर सीसीटीभी फुटेज माग्दा अर्थ मन्त्रालयले डिलिट भइसकेको जवाफ दिएको थियो ।
यस विषयमा सोमबार संघीय संसद भवनमा पत्रकारहरुमाझ उपमहासचिव ज्ञवालीले सो घटनाको सिसीटिभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैंले पुष्टि गरेको जिकिरसमेत गरे ।
Facebook Comments Box