Author: admin
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको केन्द्रीय विभागमा न्यायाधीश नै रहेको बताएका छन् । ‘सवै ठाउँमा काँग्रेस त छन् नि न्यायालयमा काँग्रेस छन् । काँग्रेसका केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन ? राजीनामा दिएको त सुनिएन’, ओलीले भने, ‘म भन्दिनँ कुन कुन परिवारका सदस्य भनेर ।’ शुक्रबार एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानको अन्तरक्रियामा पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारले ल्याएको बजेट भ्रष्ट भएको टिप्पणी पनि गरे । ‘यो भ्रष्ट बजेट हो । फुटेज हटाउनु र ड्यामेज गर्नु नै पर्याप्त छैन र ? हल्लालाई बहस र बहसलाई हल्लामा परिणत गर्ने मेरो रुची छैन’, ओलीको भनाइ…
विराटनगर। प्रदेश १ मा सर्वदलीय बैठक जारी छ । प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा छलफल गर्न सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आह्वान गरेका हुन् । आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् ।
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुलाई बधाई ज्ञापन गरेका छन् । उनले बिहीवार राति ट्वीटरमार्फत नवनिर्वाचित राष्ट्रपति मुर्मुलाई बधाई ज्ञापन गरेका हुन् । प्रधानमन्त्री देउवाले मुर्मुलाई नेपाल र नेपाली जनताको तर्फबाट भारतको राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई दिँदै मुर्मूको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन्, ‘नेपाल सरकार र जनताको तर्फबाट, म श्रीमती द्रौपदी मुर्मुलाई भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा हार्दिक बधाई दिन चाहन्छु । नेपाल र भारतबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धले आगामी दिनहरूमा नयाँ उचाइँ लिनेछ भन्नेमा म विश्वस्त छु ।’ सोमबार भएको निर्वाचनको अन्तिम मतपरिणाम…
काठमाडौै। फास्ट ट्रयाकबाट नागरिकतासम्बन्धी विधेयक पारित गर्ने गरि प्रतिनिधि सभाको बैठकमै दफावार छलफल सुरु भएको छ। सरकारले आजको बैठकबाटै विधेयक पारित गर्ने तयारी गरेपछि सोही अनुसार संसदको कार्यसूची बनाइएको हो। अब विधेयकलाई लिएर पेरका संशोधनमाथिको छलफल सकिएपछि निर्णयार्थ पेश गरिनेछ। विधेयक आजै पारित गरेर राष्ट्रियसभामा पठाउने तयारी छ। https://www.youtube.com/watch?v=vbsRgVs9sT4
कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सरकारले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै सबै कार्यालय तथा भिडभाड हुने स्थानमा अनिवार्य मास्कको प्रयोग गर्न, प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्न, विमानस्थलसहित सबै यातायातमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । त्यस्तै, गोष्ठी सेमिनार, बैठकजस्ता भिडभाड हुने कार्यक्रममा मास्क र स्यानिटाइजरको प्रयोग गर्न, विद्यालय, धार्मिक स्थल, व्यवसायिक तथा मनोरन्जनस्थल, स्टेडियम आदिमा मास्कको प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको आवश्यक व्यवस्थापन गर्न, खोप कार्यक्रमलाई प्रभावकारी बनाउन, हवाई तथा स्थलगत अन्तरराष्ट्रिय नाकाहरूमा निगरानी बढाउन, नमूना परीक्षण कार्यलाई प्रभावकारी बनाउन…
काठमाडौं। सरकारले फास्ट ट्र्याकमा नागरिकता विधेयक पारित गर्ने तयारी गरेको छ । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि सदनमै छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ। सैद्धान्तिक छलफलपछि विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने गरिएको भएपनि नागरिकताका हकमा भने सदनमै छलफल गरेर पारित गर्ने तयारी गरिएको हो। नागरिकता विधेयकलाई शुक्रबार नै प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रिय सभामा पठाउने तयारी छ ।
नयाँ दिल्ली । दक्षिणी छिमेकी देश भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् । मुर्मू भारतीय इतिहासमै पहिलो पटक आदिवासी समुदायबाट राष्ट्रपति बन्न सफल भएकी हुन् । सत्तारूढ गठबन्धन एनडीएबाट राष्ट्रपतिमा उम्मेद्वारी दिएकी मुर्मू विपक्षी दल त्रिणमुल कांग्रेसका यशवंत सिन्हालाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । १० लाख ८६ हजार बढी मत खसेकोमा मुर्मू ५ लाख ७७ हजार मत प्राप्त गर्दै विजयी भएकी हुन् । तेस्रो चरणको मत गणनामा ५० प्रतिशत मत पाएकी छिन् । विपक्षी दलका सिन्हाले २ लाख ६१ हजार मत पाएका छन् । यसैबीच, राष्ट्रपतिमा विजयी भएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन्…
झापा । विगत केही महिनायता झापामा भएका अपराधका घटनामा संलग्नलाई कानुनको दायरामा ल्याउन सफल इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। झापा अर्जुनधारा नगरपालिका-४ जुकेखाडी साहसी टोलस्थित कच्ची सडक खण्डको ह्वुमपाइप भित्र अज्ञात व्यक्तिले हत्या गरेर बोरामा प्याक गरी फालेको अवस्थामा तत्काल पहिचान नखुलेको पुरुषको शवको सुक्ष्मरुपमा अनुसन्धान गरी उक्त शवको पहिचान खुलाउन सफल हुनुको साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो । सर्वोत्कृष्ट प्रहरी घोषित भएपछि प्रहरी…
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज शुक्रबार ४० औं विपी स्मृति दिवस मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म विक्रम संबत १९७१ साल भदौ २४ गते भएको हो । वि.सं. २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’…
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी साझेदारी कार्यक्रम एसपीपीबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले सांसदहरुले उठाएको सो विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपीपीबारे के भइरहेको छ त्यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । ‘माननीयहरुले उठाउनु भएको एसपीपी सम्झौताको बारेमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनुहुन नेपाल सरकारलाई निर्देश गर्दछु,’ उनले भने।