काठमाडौं। सरकारले फास्ट ट्र्याकमा नागरिकता विधेयक पारित गर्ने तयारी गरेको छ । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि सदनमै छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ।
सैद्धान्तिक छलफलपछि विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने गरिएको भएपनि नागरिकताका हकमा भने सदनमै छलफल गरेर पारित गर्ने तयारी गरिएको हो।
नागरिकता विधेयकलाई शुक्रबार नै प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रिय सभामा पठाउने तयारी छ ।
Facebook Comments Box