काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको केन्द्रीय विभागमा न्यायाधीश नै रहेको बताएका छन् ।
‘सवै ठाउँमा काँग्रेस त छन् नि न्यायालयमा काँग्रेस छन् । काँग्रेसका केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन ? राजीनामा दिएको त सुनिएन’, ओलीले भने, ‘म भन्दिनँ कुन कुन परिवारका सदस्य भनेर ।’
शुक्रबार एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानको अन्तरक्रियामा पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारले ल्याएको बजेट भ्रष्ट भएको टिप्पणी पनि गरे ।
‘यो भ्रष्ट बजेट हो । फुटेज हटाउनु र ड्यामेज गर्नु नै पर्याप्त छैन र ? हल्लालाई बहस र बहसलाई हल्लामा परिणत गर्ने मेरो रुची छैन’, ओलीको भनाइ छ ।
ओलीले यति होल्डिङसलाई राजतन्त्रका पालामा दिएको र सुशिल कोइरालाका पालमा ट्रान्सफर गरेका भन्दै बचाउ गरे । ओलीले आफ्नो नेतृत्वको सरकारले विकास र निर्माणका सही नीति लिएको दावी समेत गरे ।