Author: admin
झापा । राष्ट्रिय भूमि आयोगले नेपालमा पहिलो झापाको बुद्धशान्ति गाउँपालिकाबाट अव्यवस्थित बसोबास रहेका घरपरिवारलाई जोतभोग गरेको ऐलानी जग्गाको धनीपुर्जा उपलब्ध गराउने काम शुरु गरेको छ । शुक्रबार बुद्धशान्ति गाउँपालिका कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशवप्रसाद निरौलाले बुद्धशान्ति गाउँपालिका वार्ड नं २ का २८ जना नागरिकलाई जग्गा धनीपुर्जा वितरण गरेका हुन्। गाउँपालिकाका ४२ घरपरिवार अव्यवस्थित बसोबास रहेको तथ्यांक भए पनि सरकारलाई तिर्नुपर्ने सम्पूर्ण दायित्व तिरिसकेका वार्ड नं २ का २८ घर परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेलले जानकारी दिए। दशौं बर्षदेखि ऐलानी जग्गा जोतभोग गर्दै आएका घरपरिवारलाई जग्गा धनीपुर्जा उपलब्ध गराइएको उनले…
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल निर्वाचित भएकी छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सम्पन्न मतदान प्रक्रियाबाट भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन्। उनले संसदमा १४८ मत पाएकी थिइन् । प्रतिनिधिसभाले करिब तीन वर्षपछि उपसभामुख पाएको हो। उपसभामुख पदको दौडमा रहेकी नेकपा एमालेकी सांसद विद्या भट्टराईले नेपाली कांग्रेसकी पुष्पा भुसाललाई बधाई दिएकी छन् ।
काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख चयनका लागि मतदान सुरु भएको छ। प्रतिनिधिसभाको जारी बैठकमा उपसभामुख चयनका लागि मत विभाजन प्रक्रिया सुरु भएको हो। उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेतृ पुष्पा भुसाल र एमालेबाट विद्या भट्टराईको उम्मेदवारी परेको छ। गठबन्धनका तर्फबाट उपसभामुखको उम्मेदवार बनेकी भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ छन् भने नेकपा(एकीकृत समाजवादी) की लक्ष्मी चौधरी समर्थक छन्। त्यस्तै प्रमुख प्रतिपक्षी दल एमाले उम्मेदवार भट्टराईको प्रस्तावक एमालेकै शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन्।
काठमाडौं । नेकपा एमालेले पाँच दलीय गठबन्धनको सरकारले एक वर्ष समयको बर्बादी मात्र गरेको टिप्पणी गरेको छ । शुक्रवार एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलन गर्दै संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल भएको बताएका हुन् । एमालेले पछिल्लो समय देखिएको बीए ५ भेरियन्टको असर र फैलावट तीव्र रहेको विज्ञले बताइरहँदा पनि सरकारले थप सतर्कता र पूर्वतयारीमा कुनै काम नगरेको आरोप लगाएको छ । यस्तै सेनिटरी प्याडमा सरकारले लिएको नीतिले राष्ट्रिय उद्योगलाई धराशाही मात्रै होइन राष्ट्रघात पनि गरेको र सरकार…
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब कुनैपनि वेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने बताएका छन् । शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् । उनले निर्वाचन मिति घोषणा हुने भएकाले नेता कार्यकर्तालाई तयारी अवस्थामा बस्न निर्देशन समेत दिए । उनले देशव्यापी उम्मेदवार दिएर गए आफ्नो पार्टीले अबको चुनावमा सबै ठाउँमा जित्न नसकेपनि प्रतिनिधिसभामा २०,२५ सिट जित्न कसैले रोक्न नसक्ने बताए । उनले अबको चुनावमा चारवटा मतपत्र हुने समेत उनले बताए ।
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । शुक्रबार प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उपसभामुख निर्वाचनलगायत विविध समसामयिक राजनीतिक विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको हो । बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थपका विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ ।
काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा शुक्रवार अन्तिम सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा छ । शुक्रवार रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल तर्फका कानुन व्यवसायीले जवाफ दिँदै छन् । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज…
काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाले आज उपसभामुख पाउने भएको छ। आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखका लागि मतदान हुनेछ। उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ। उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, उम्मेदवारको सूचीमाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत हुनेछ। र, बहुमतका आधारमा निर्वाचित भएको घोषणा सभामुखबाट हुनेछ। ६ माघ ०७६ मा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि झन्डै ३० महिना उपसभामुख पद रिक्त छ।
काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ रेणुकुमारी यादवले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । यादवले विज्ञप्ती जारी गर्दै व्यक्तिगत कारण जनाएर पार्टीका सबै जिम्मेवारी परित्याग गरेको जनाएकी छन् । पार्टीमा उनी कार्यकारणी सदस्य थिइन् । उनले आज वीरगन्जमा केन्द्रीय समितिको बैठकमै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्। यादव सरकारबाट फर्ता बोलाइएपछि असन्तुष्ट थिइन् ।
काठमाडौं । विराटनगरस्थित नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको प्रहरीले जानकारी दिएकाे छ । आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेर नष्ट भएकाे छ । आगो नियन्त्रणमा आएकाे प्रहरीले बताएकाे छ । आगोले प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।