काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ रेणुकुमारी यादवले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।
यादवले विज्ञप्ती जारी गर्दै व्यक्तिगत कारण जनाएर पार्टीका सबै जिम्मेवारी परित्याग गरेको जनाएकी छन् ।
पार्टीमा उनी कार्यकारणी सदस्य थिइन् । उनले आज वीरगन्जमा केन्द्रीय समितिको बैठकमै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्।
यादव सरकारबाट फर्ता बोलाइएपछि असन्तुष्ट थिइन् ।
Facebook Comments Box
