काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल निर्वाचित भएकी छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सम्पन्न मतदान प्रक्रियाबाट भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन्। उनले संसदमा १४८ मत पाएकी थिइन् ।
प्रतिनिधिसभाले करिब तीन वर्षपछि उपसभामुख पाएको हो।
उपसभामुख पदको दौडमा रहेकी नेकपा एमालेकी सांसद विद्या भट्टराईले नेपाली कांग्रेसकी पुष्पा भुसाललाई बधाई दिएकी छन् ।
Facebook Comments Box