काठमाडौं । नेकपा एमालेले पाँच दलीय गठबन्धनको सरकारले एक वर्ष समयको बर्बादी मात्र गरेको टिप्पणी गरेको छ ।
शुक्रवार एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलन गर्दै संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल भएको बताएका हुन् ।
एमालेले पछिल्लो समय देखिएको बीए ५ भेरियन्टको असर र फैलावट तीव्र रहेको विज्ञले बताइरहँदा पनि सरकारले थप सतर्कता र पूर्वतयारीमा कुनै काम नगरेको आरोप लगाएको छ ।
यस्तै सेनिटरी प्याडमा सरकारले लिएको नीतिले राष्ट्रिय उद्योगलाई धराशाही मात्रै होइन राष्ट्रघात पनि गरेको र सरकार नीतिगत भ्रष्टाचारमा संलग्न भएको प्रमाण पनि भएको एमालेको भनाइ छ ।
Facebook Comments Box