काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख चयनका लागि मतदान सुरु भएको छ।
प्रतिनिधिसभाको जारी बैठकमा उपसभामुख चयनका लागि मत विभाजन प्रक्रिया सुरु भएको हो।
उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेतृ पुष्पा भुसाल र एमालेबाट विद्या भट्टराईको उम्मेदवारी परेको छ।
गठबन्धनका तर्फबाट उपसभामुखको उम्मेदवार बनेकी भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ छन् भने नेकपा(एकीकृत समाजवादी) की लक्ष्मी चौधरी समर्थक छन्।
त्यस्तै प्रमुख प्रतिपक्षी दल एमाले उम्मेदवार भट्टराईको प्रस्तावक एमालेकै शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन्।
Facebook Comments Box