Author: admin
काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ । संसदीय छानबिन विशेष समितिको कार्यावधि ७ दिनका लागि थप गरिएको छ । संसद्मा सभामुख अग्निप्रसाद सापकोटाले राखेको प्रस्ताव पारित भएको हो । असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । बिहीवार १० दिनको समय पूरा हुने भएपछि समितिले सभामुख सापकोटासँग समय थप्न माग गरेको थियो।
काठमाडौं। सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता खारेज गरेको पत्र अमेरिकालाई तत्काल पठाउन परराष्ट्र मन्त्रालयलाई रुलिङ गर्न माग गरेको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देब गुरुङले एसपीपी सम्झौता खारेजी गर्ने भन्ने पत्र तत्काल पठाउनका लागि परराष्ट्र मन्त्रलायलाई रुलिङ गर्न सभामुखसँग माग गरे। ‘एसपीपी खारेजीसम्बन्धी मन्त्रिपरिषद्को निर्णयका सन्दर्भमा अहिलेसम्म परराष्ट्र मन्त्रालयले पत्रचार नगरेकोमा र थप छलफल गरेर मात्र अघि बढाउने परराष्ट्र मन्त्रालयले भनेकोमा मन्त्रिपरिषद्को निर्णय विपरीत भयो,’ गुरुङले भने, ‘त्यसैले एसपीपीलाई अस्वीकार गर्ने पत्रलाई तत्काल पठाउन परराष्ट्र मन्त्रालयलाई रुलिङ गर्न सभामुखसँग माग गर्दछु।’
काठमाडौं । नेकपा एमालेका सांसद् भानुभत्त ढकालले पालिकाको केन्द्रबाटै मतदाता नामावली संकलन गर्न माग गरेका छन्। प्रतिनिधिसभाको विहीवारको बैठकमा बोल्दै सांसद ढकालले पालिकाको केन्द्रबाट नै मतदाता नामावली संकलन गर्न माग गरेका हुन्। निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलनमा समस्या देखिएको भन्दै उनले अब पालिकाको केन्द्रबाट पनि नामावली संकलन गर्ने व्यवस्था गर्न माग गरेका हुन्।
काठमाडौं । बजेटमा अनधिकृत व्यक्तिको विषय छानबिनका लागि गठित संसदीय विशेष समितिमा गएर पूर्वअर्थमन्त्री जनार्दन शर्माले झण्डै ३ घण्टा बयान दिएका छन्। बिहीवार विहान बसेको समितिको बैठकले उनीसँग ३ घण्टा बयान लिएको हो। बयानपछि बाहिरिने क्रममा शर्माले आफूलाई सोधिएका सबै प्रश्नको जवाफ दिएको बताए। ‘मैले उहाँहरूले सोधेका सबै कुराको जवाफ दिएको छु, उनले भने। समितिसमक्ष बयान दिँदै उनले अर्थमन्त्रालयमा बजेट बनाउने क्रममा कोही बाहिरी मान्छे नआएको दाबी गरेको समितिका एक सदस्यले बताए। १० दिनको समय दिएर गठन भएको छानबिन समितिले पाएको समय आज सकिँदैछ। यता समितिले भने थप समय चाहिने भन्दै ७ दिन समय थप्न सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको…
काठमाडौं । सत्तानिकट संयुक्त बिद्यार्थी संगठनहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा कालो व्यानर टाँसेका छन् । राजनीतिक दलको सदस्य भएका व्यक्ति राज्यको महत्वपूर्ण पदमा बस्न नहुने भन्दै उनीहरुले विरोध प्रदर्शन सहित बालुवाटारमा कालो व्यानर टाँसेका हुन् । उनीहरुले गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राखेका बताएका छन् । नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अधिकारी राष्ट्र बैंकमा रहेसम्म मुलुकको आर्थिक सूचकांक बिग्रने दावी गरे । उनले अहिलेको सरकारलाई असफल बनाउने नेतृत्व अधिकारीले गरेको भन्दै राजीनामा दिन सुझाव दिए । उनले गभर्नरले राजीनामा नदिए संयुक्त बिद्यार्थीको आन्दोलनबाट हटाउने चेतावनी दिए ।
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७७औँ महासभामा नेपालबाट उच्चस्तरीय सहभागिता हुने तयारीस्वरुप गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सिंहदरबारमा बुधबार नियमित पत्रकार भेटघाटका क्रममा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन्, “नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भएपछि हामी जानकारी गराउने नै छौँ, हामीले उच्चस्तरीय भ्रमणका लागि आन्तरिक गृहकार्य सुरु गरिसकेका छौँ ।” प्रवक्ता लम्सालले महासभामा मुलुकको उच्चस्तरीय भ्रमण होस् भन्ने चाहना रहेको र विश्वभरका सरकार वा राष्ट्रप्रमुख सहभागी भई सम्बोधन गर्ने ‘फोरम’ भएकाले त्यसैगरी भ्रमण हुने अपेक्षासहित परराष्ट्रको तयारी रहेको जानकारी गराइन् । कुन तहको भ्रमण हुन्छ भन्ने कुरा भने मन्त्रिपरिषद्को निर्णयपछि मात्रै यकिन हुने उनको भनाइ थियो । महासभा आगामी…
रानिल विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन्। बुधबार श्रीलंकाको संसदमा भएको निर्वाचनमा जित हात पार्दै उनी श्रीलंकाको आठौं कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका हुन्। बुधबारको निर्वाचनमा उनले १३४ मत पाएका थिए भने उनका प्रतिस्पर्धीहरु डुलास अलाहापेरुमाले ८२ र अनुरा कुमारा दिशानायकेले ३ मत पाएका थिए।
काठमाडाैँ । संसदीय छानबिन समितिको बैठक आज बस्दैछ। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हाे। बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर सोधपुछ गर्ने कार्यक्रम छ। हिजाे बसेकाे बैठकले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीअन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने निर्णय गरेकाे थियाे। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सिसिटिभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएको हो। तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा…
काठमाडौं । श्रीलंकामा आज बुधबार राष्ट्रपति पदको निर्वाचन हुँदै छ। राष्ट्रपति गोटाबाया राजापाक्षको राजीनामापछि श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि बुधबार संसद्मा चुनाव हुन लागेको हो। आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए। राष्ट्रपति पदका लागि कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दलस अलापेरुमा र वामपन्थी दल नेसनल पिपल्स पावर पार्टीका अनुरा कुमारा दसानायके दौडमा छन्। सत्तारुढ दल एसएलपीपीले विक्रमासिंघेलाई उम्मेदवार बनाएको छ। राष्ट्रपतिमा निर्वाचित हुने उनको सम्भावना बलियो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। नयाँ राष्ट्रपतिको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ। गोटाबायाको बाँकी रहेको कार्यकाल नै नयाँ राष्ट्रपतिको कार्यकाल हुनेछ। बुधबार हुने चुनावमा २२५ जना…
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएर अलपत्र रहेका नेपालीको केही शव नेकपा एमालेका केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईको पहलमा स्वदेश ल्याउन थालिएको छ । विगत दुई वर्ष अघि कामको सिलसिलामा दुबई पुगेकी सन्तुमाया मगरको शव प्रसाईको पहलमा मंगलबार नेपाल ल्याइएको हो । सुर्खेत निवासी सन्तुमायाको दुई महिना अघि दुबईमा मृत्यु भएर शव अलपत्र परेको थियो । शव ल्याउन सरकारसँग जति हार गुहार गर्दा पनि केही सीप नलागेको र आज उद्धार भएको उनका आफन्तले बताएका छन् । दुबईमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउनका लागि प्रत्येक शवको ४ लाख खर्च लाग्छ । अब बाँकी १५ वटा शव पनि तुरुन्तै…