काठमाडौं । बजेटमा अनधिकृत व्यक्तिको विषय छानबिनका लागि गठित संसदीय विशेष समितिमा गएर पूर्वअर्थमन्त्री जनार्दन शर्माले झण्डै ३ घण्टा बयान दिएका छन्।
बिहीवार विहान बसेको समितिको बैठकले उनीसँग ३ घण्टा बयान लिएको हो। बयानपछि बाहिरिने क्रममा शर्माले आफूलाई सोधिएका सबै प्रश्नको जवाफ दिएको बताए।
‘मैले उहाँहरूले सोधेका सबै कुराको जवाफ दिएको छु, उनले भने।
समितिसमक्ष बयान दिँदै उनले अर्थमन्त्रालयमा बजेट बनाउने क्रममा कोही बाहिरी मान्छे नआएको दाबी गरेको समितिका एक सदस्यले बताए।
१० दिनको समय दिएर गठन भएको छानबिन समितिले पाएको समय आज सकिँदैछ। यता समितिले भने थप समय चाहिने भन्दै ७ दिन समय थप्न सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको छ।
Facebook Comments Box