काठमाडौं। सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता खारेज गरेको पत्र अमेरिकालाई तत्काल पठाउन परराष्ट्र मन्त्रालयलाई रुलिङ गर्न माग गरेको छ।
प्रतिनिधि सभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देब गुरुङले एसपीपी सम्झौता खारेजी गर्ने भन्ने पत्र तत्काल पठाउनका लागि परराष्ट्र मन्त्रलायलाई रुलिङ गर्न सभामुखसँग माग गरे।
‘एसपीपी खारेजीसम्बन्धी मन्त्रिपरिषद्को निर्णयका सन्दर्भमा अहिलेसम्म परराष्ट्र मन्त्रालयले पत्रचार नगरेकोमा र थप छलफल गरेर मात्र अघि बढाउने परराष्ट्र मन्त्रालयले भनेकोमा मन्त्रिपरिषद्को निर्णय विपरीत भयो,’ गुरुङले भने, ‘त्यसैले एसपीपीलाई अस्वीकार गर्ने पत्रलाई तत्काल पठाउन परराष्ट्र मन्त्रालयलाई रुलिङ गर्न सभामुखसँग माग गर्दछु।’
Facebook Comments Box