काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ ।
संसदीय छानबिन विशेष समितिको कार्यावधि ७ दिनका लागि थप गरिएको छ ।
संसद्मा सभामुख अग्निप्रसाद सापकोटाले राखेको प्रस्ताव पारित भएको हो । असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । बिहीवार १० दिनको समय पूरा हुने भएपछि समितिले सभामुख सापकोटासँग समय थप्न माग गरेको थियो।
Facebook Comments Box