काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत मागेका छन् ।
प्रदेश सभाको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत मागेका हुन् । उनलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने भएको छ ।
नेपाली कांग्रेसले पनि मुख्यमन्त्री भट्टको सरकार ढल्न नदिने बताएको छ। यद्दपि कांग्रेसले मत दिने नदिने खुलाएको छैन। श्रोतका अनुसार कांग्रेस तटस्थ रहने योजनामा छ।
नेकपा एमालेको ओली पक्षका सांसदले भने मुख्यमन्त्रीको विपक्षमा मत दिने बताएका छन् । विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ ।
Facebook Comments Box