बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् ।
दाङ २ (२) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा उनले विरामी भएको र राजनीतिक खिचातानीबाट मुक्त हुन चाहेको उल्लेख गरेको प्रदेश सभा सचिवालयद्धारा सूचनामा उल्लेख छ ।
प्रदेश सभाको अधिवेशन चालू नरहेकाले प्रदेशसभा सचिवालयले डाँगीले राजीनामा दिएको र उक्त ठाउँ रिक्त हुन आएकोबारे जानकारी दिन सूचना जारी गरेको हो ।
यसअघि एमालेकै प्रदेशसभा सदस्य दृगनारायण पाण्डेयले राजीनामा दिएका थिए ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनःनियुक्ति विवादमा तानिएको छ । एमालेभित्रकै सांसदहरुसमेत असन्तुष्ट छन् ।

Facebook Comments Box