भद्रपुर, कात्तिक १३ । दिपावलीकाे अवसरमा झापा दुहागढी स्थित बाल सुवाेधिनि आधारभूत विद्यालयमा अन्तर सदनात्मक देउसी भैलोप्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ बाल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा गंगालाल सदन प्रथम, धर्मभक्त सदन दोस्रो, शुक्रराज सदन तेस्रो र दशरथ सदन सान्त्वना भएका थिए ।
बाल क्लबका अध्यक्ष दिपेश राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका संरक्षक शिक्षक पदम प्रसाद मिश्र र प्रधानाध्यापक विश्व थापाले देउसी भैलोको सांस्कृतिक महत्वको बारेमा प्रकाश पारेका थिए ।
Facebook Comments Box