काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।
केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयले नतिजा प्रकाशित गर्ने निर्णय गरेकाे र अहिले नतिजा अपलाेड भइरहेकाे परीक्षा बाेर्डका अध्यक्ष डा. चन्द्रमणि पाैडेलले बताए ।
यद्यपि विद्यार्थीहरुले नतिजा हेर्न केही समय कुर्नु पर्नेछ ।
नतिजा एनटीसीबाट १६०० मा डायल गरेर हेर्न सकिने छ ।
कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।
Facebook Comments Box