काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले लकडाउनको अवधि थपेसँगै कक्षा ११ र १२ को वार्षिक परीक्षा पनि स्थगित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना निकाल्दै परीक्षा स्थगित गर्ने निर्णय भएको जनाको छ ।
एसईई र त्रिविका चैत महिनाभर सञ्चालन हुने परीक्षाहरु स्थगित भएपनि ११ र १२ को परीक्षा भने तोकिएकै समयमा हुने जनाइएको थियो ।
कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिएको थियो ।
तर हालको परिस्थितिा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

Facebook Comments Box