विराटनगर । प्रदेश १ को सुरक्षा समिति बैठकले नेपाली नागरिक बाहेक अरु कसैलाई आफ्ना नाकाबाट आउन निषेध गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको समिति बैठकले प्रदेश १ का सबै नाकामा नेपाली बाहेक अरुलाई आउजाउमा रोक लगाइएकोे प्रदेश १ सरकारले जनाएको छ।
प्रदेश १ सरकारले टाँडीमा रहेको २ सय क्षमताको क्वारेन्टाइनमा अनुगमन गरेको छ ।
पूर्वी सीमावर्ती झापाका नाकाहरुबाट प्रवेश गर्ने नेपालीहरु सबैको लगत राखिने र सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरुलाई सुक्ष्म अनुगमनको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
नाका स्वास्थ्य जाँच गर्दा उच्च ज्वरो देखिए सिधै क्वारेन्टाइनमा पठाइने उनले बताए।
Facebook Comments Box