काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयतहका बालवालिकाहरुलाई अर्को शैक्षिक सत्र शुरु नहुँदासम्म घरबाहिर निस्कन नदिन अभिवाकसंग अपिल गरेकाे छ ।
मन्त्रालयले मंगलबार एक अपिल जारी गर्दै विद्यालयहरूकाे विदा सुरू भएकाे भन्दै बालबालिकालाई घरमै राख्न आग्रह गरेको हो ।
परीक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र शुरु नहुन्जेल सम्म करीव तीन हप्ता देशभरका करीव ७० लाख विद्यालय जाने उमेरका बालिवालिकाहरु घरमै रहने सरकारले विश्वास लिएको छ ।
कोरोना संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीलाई घरबाहिर नजान, विद्यालयमा साँस्कृतिक कार्यक्रम लगायत विभिन्न नाममा भीडभाड् नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
Facebook Comments Box