
एजेन्सी । प्राणघातक रोगले ग्रसित एक बालकले स्वेच्छा मृत्यु रोजेका छन् ।
बेल्जियममा प्राणघातक रोगले ग्रसित मानिसले स्वेच्छाले मृत्यु रोज्न पाउने अधिकार छ । यो अधिकार अहिले बालकलाई पनि दिइएपछि स्वेच्छाले मृत्यु रोज्ने उनी पहिलो बालक हुन् ।
ती बालकको उपचार गरिरहेका एक चिकित्सकले स्वेच्छाले मृत्युवरण गर्न पाउने सम्बन्धी संघीय आयोगमा बालकले स्वेच्छाले मृत्यु मागेको निवदेन दिएका थिए । आयोगका प्रमुख बिन डिस्ट्म्यानसमक्ष ले बालकको प्राणघातक रोग र उनले मृत्युवरण चाहेको निवेदनको अध्ययनपछि मृत्युको स्वीकृति दिएका थिए । ती बालकको बारे भएका सुचना भने गोप्य नै राखिएको छ ।
जुनसुकै उमेरका मानिसले पनि स्वेच्छिक मृत्युवरण रोज्न पाउने बेल्जियम विश्वको एक मात्र मुलुक हो । तर यसका लागि मानिसलाई लागेको रोगको अन्तिम अवस्था हुनपर्ने कानुनी व्यवस्था छ । त्यस्तै १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले स्वेच्छिक मृत्युवरण गर्न चाँहेमा अविभावकको सहमति चाहिन्छ।