काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रद्द नभएको औपचारिक प्रतिक्रिया चीन सरकारले दिएको छ ।

नियमित पत्रकार सम्मेलनमा राष्ट्रपतिको नेपाल भ्रमणबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नेपालमा उच्चस्तरको भ्रमणका बारेमा नेपाल र चीनका बीचमा निरन्तर कुटनीतिक संवाद चलिरहेको बताईन ।
यद्यपी भ्रमण कहिले हुने भन्ने बारेमा भने कुनै निर्णय नभएको उनले जानकारी दिइन । नेपाली र भारतीय मिडियाले चीनीयाँ राष्ट्रपतिको भ्रमण स्थगित भन्ने विषयमा समाचार प्रकाशन भएपछि यसले चर्चा पाएको थियो ।
नेपालको परराष्ट्र मन्त्रालयले भने यसअघि नै भ्रमणबारे कुनै नयाँ निर्णय नभएको स्पष्ट पारेको थियो ।
Facebook Comments Box