
एजेन्सी। सामसङ माेवाइलले संसारभरी आफ्ना ग्राहकलाई ग्यालेक्सी नोट सेभेन तत्कालका लागि नचलाई यथाशीध्र परिवर्तन गर्नका लागिअनुराेध गरेको छ । सामसङ ग्यालेक्सी नोट सेभेनमा चार्जको क्रममा आगो लाग्ने र पड्कने थुप्रै घटना घटेपछि कम्पनीले आफ्नो ग्राहकलार्इ फाेन फिर्ता गर्न अपिल गरेको हाे ।
सामसङले आइतबार आफ्नो वेबसाइटमा एक विज्ञप्ती प्रकाशित गर्दै संसारभरीका ग्राहकलाई ग्यालेक्सी नोट सेभेन स्विच अफ गरी तुरून्त फिर्ता दिएर यसलाई परिवर्तन गर्न आग्रह गरेको छ । सामसङले सेवा केन्द्रबाट अस्थायी रुपमा प्रयोग गर्नका लागि सामसङको अन्य फोन लिनसमेत आग्रह गरेको छ ।
साससङ इलेक्ट्रोनिक्स अमेरिकाका प्रेसिडेन्ट टिम ब्याक्स्टरका अनुसार नोट सेभेनको अर्को मोडल जारी नभएसम्म प्रयोगकर्ताहरुले अर्को फोन पाउने जानकारी दिए । अर्को फोन सार्वजनिक नगरेसम्म उक्त फाेन नकिन्नसमेत आग्रह गरेको छ ।
स्मरण रहाेस् यसअघि अमेरिकी सरकारले पनि उपभोक्ताहरुलाई सामसङ ग्यालेक्सी नोट सेभेन तुरुन्त स्विच अफ गरी फिर्ता गर्न आग्रह गरेको थियो ।