विर्तामोड । हल्दिबारी गाउँपालिकाले यो वर्षदेखि आफ्नो क्षेत्रका सबै सामुदायिक विद्यालयमा कम्प्युटर र अंग्रेजी शिक्षा अनिवार्य गरेको छ । यसले त्यहाँका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढेको छ ।
गाउँपालिकामा १७ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ६ मावि, ४ आधारभूत र ७ प्रावि छन् । गाउँपालिकाले यो वर्ष प्रत्येक माविमा ३०, आधारभूतमा १० देखि २०, प्राविमा १ देखि ३ गरी २ सय ६० वटा कम्प्युटर उपलब्ध गराएको छ ।
कम्प्युटरसँगै फोटोकपीसहितको प्रिन्टर पनि सबै विद्यालयलाई दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।
सबै विद्यालयमा ‘प्रोजेक्सन डिस्प्ले’ को व्यवस्था गरिएको छ । कम्प्युटर अध्ययनका लागि विद्यालयलाई २ सय ६० कुर्सी र १ सय ३० थान टेबलसमेत दिइएको उनले बताए ।
गाउँपालिकाले कम्प्युटर मात्रै दिएको छैन, पढाउनका लागि करारमा ११ जना शिक्षक पनि नियुक्त गरेको छ ।
Facebook Comments Box