हल्दिवारी । हल्दिवारी गाउँपालिकाले नेपालकै लोपोन्मुख मेचे जातीको भाषा, धर्म र सँस्कृतिको जगेर्ना गर्ने उदेश्यले वडा नम्बर ४ मा रहेको श्री दीपेन्द्र प्राथमिक विद्यालयमा मेछे भाषा कक्षा शुरु गरेको छ ।
उक्त बिद्यालय २०४४ सालदेखि संचालन भएको र हाल १३१ विद्यार्थी अध्यनरत रहेका छ्न भने ५५ जना विद्यार्थी मेचे समुदायका रहेको विद्यालयका प्रधान अध्यापक दीर्घ राज आचार्यले जानकारी दिए ।
एक महिना देखि पठनपाठन शुरु गरिएको भएतापनी विद्यार्थीले अध्यन गर्ने पुस्तक जङ्नी राउ ,थाख पुस्तक संघीय संसद सदस्य राजेन्द्र लिङ्ग्देनले गाउँ पालिकाको बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रमको बिच यहि भदौ १३ गते विमोचन गरेपछि अध्ययन , अध्यापनका लागि विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

उक्त विद्यालयमा मेचे भाषा पठनपाठन गर्न गाउँपालिकाले २ लाख ५० हजार छुट्याएको छ भने शिक्षकको व्यवस्था समेत गरेर लोपोन्मुख मेचे जातिको भाषा सस्कृती जगेर्ना गर्नको लागि गाउँपालिका दीर्घकालीन रूपमा अघि बडेकोले यसै सत्रदेखि मेचे भाषा पठनपाठन शुरु गरिएको वडा अध्यक्ष होम प्रसाद चुडालले बताए।
हल्दिवारी गाउँपालिकाले प्रकाशन गरेको जङ्नी राउ थाख पुस्तक स्थानीय भाषा विद सन्थ लाल मेचे बसुमथारी ले तयार पारेका हुन् । कक्षा १ को लागि तयार पारिएको पुस्तकमा ३७ भाग र ९५ पेज रहेको छ ।