काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा आज प्रकाशन हुँदै छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज साँझ सम्मसबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ को नतिजा साँझसम्म आइसक्ने छ।
नतिजा प्रकाशनका लागि साँझ पाँच बजे बोर्ड बैठक बोलाइएको छ। प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थियो। परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो। यस वर्ष चार लाखभन्दा बढी विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन्।
Facebook Comments Box