काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको भन्ने समाचार सार्वजनिक भएपछि त्यसले शिक्षा क्षेत्रमा तरंग पैदा गरेकाे छ । नेपालकै जेठाे विश्वविद्यालयमा नै ‘गोल्ड मेडल’ किनबेच भएकाे थाहापाएपछि सराेकारवाला सबै चकित बने । संसददेखि सदनसम्म त्यसकाे चर्चा हुन थालेपछि मंगलबार प्रतिनितधिसभाकाे शिक्षा तथा स्वास्थ्य समितिले त्रिबिका पदाधिकारीलाई बाेलाएरै यसबारे सत्यतथ्य जान्न खाेजेकाे छ ।
मंगलबार प्रतिनिधिसभाकाे शिक्षा तथा स्वास्थ्य समितिले गैरकानूनी रुपमा अंक बढाइ गाल्डमेडल दिलाएकाे भन्ने विषयकाे यथार्थ जान्न त्रिबि पदाधिकारीलाई बाेलाएकाे थियाे । बैठक सुरु भए लगत्तै सभापति जयपूरी घर्तीले त्रिवीबाट भएकाे उक्त गैरकाूननी कामकाे बारेका यथार्थ जानकारी दिन त्रिवि उपकुलपति तीर्थ खनियालाई समय दिइन् ।सभापतिले समय दिएपनि उपकुलपति खनियाले भने उक्त विषयमा बाेल्ने जिम्मा रजिस्ट्रार डिल्लीराम उप्रेतीलाई दिए ।
त्रिबि रजिस्ट्रार डिल्लीराम उप्रेतीले फेल भएका विद्यार्थीले कसरी उच्च अंक पाए भन्ने कुराकाे बलिबिस्तारनै लगाए । उनले उक्त घट्नालाई दुर्घट्नाकै संज्ञा दिए । साथै घट्नामा एकजना व्यक्तिकाे संलग्ननता देखिएकाे र उनलाई अख्तियारले नियन्त्रणमा लिइसकेकाे पनि जानकारी दिए ।
रजिस्ट्रार रेग्मीले सुरेन्द्रकुमार काेइरालाले यसअघि पनि अन्य ३ वटा विषयमा स्नातकाेत्तर,एक वर्षे विएड र कानूनमा स्नातक पनि यसैगरी गरेकाे बताए।
बैठकमा समिति सदस्यले पछिल्लाे घटना सार्वजनिक भएसंगै त्रिविकाे परीक्षा प्रणालीनै परिवर्तन गर्ने बताए । साथै उनीहरुले पैसाकाे चलखेलमा गाेल्डमेलड किनबेच हुने घट्नाले अन्तर्राष्ट्रिय जगतमै विश्वविद्यालयकाे बदनाम भएकाे भन्दै आक्राेश पाेखे ।
सांसदहरुले यस्ता गतिविधि विगतमा पनि भएका हुनसक्ने आशंका व्यक्त गर्दै विस्तृत छानवीन हुनुपर्ने बताए ।
त्रिभुवन विश्वविद्यालय स्वदेशमा मात्र हाेइन विश्वभरिनै नेपालकाे प्रतिनिधि शिक्षालयका रुपमा परिचित छ । तर साेही ठाउँबाट शिक्षा जस्ताे बाैद्धिक विषयपनि किनबेच हुन थालेपछि नेपालमा केही पनि निश्पक्ष हुँदैन रहेछ भन्ने आशंका पैदा गरेकाे मात्र छैन शिक्षालाई नै जीवन ठान्ने लाखाैं विद्यार्थीकाे मानसिकतामा पनि चाेट पुर्याएकाे छ ।