काठमाडाैं । सरकारले शिक्षा क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ । यो गत वर्षको भन्दा २९ अर्ब २६ करोडले बढी हो ।
गत वर्ष शिक्षा क्षेत्रमा १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख रकम विनियोजन गरेको थियाे । शैक्षिक क्षेत्रमा नयाँ कार्यक्रम पनि घोषणा गरिएको छ ।
सरकारले राष्टपति शैक्षिक सुधार कोष स्थापना गर्ने घोषणा गर्दै ५ अर्ब बजेट विनियोजन गरेको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्विद्यालय स्थापना गर्ने गरी १ अर्ब १० करोड विनियोजन भएको छ ।
बालबालिकाको दिवा खाजाका लागि ५ अर्ब विनियोजन भएकाे छ । सरकारी विद्यालयका छात्रालाई स्यानिटरी प्याड निशुल्क दिइने कार्यक्रम छ ।
विद्यालय तहको छात्रवृत्तिका लागि ३ अर्ब १९ करोड विनियोजन भएकाे छ । सबै सामुदायिक विद्यालयको भवन निर्माण अन्तर्गत ३०० विद्यालयका भवन निर्माण गर्न ८ अर्ब ५३ करोड विनियोजन गरिएकाे छ ।
आगामी आर्थिक बर्षभित्र ७० जिल्लालाई पूर्ण साक्षर तुल्याइने कार्यक्रम छ ।