सिंगताम । भारतको हिमाली राज्य सिक्किमको माझीटारमा रहेको सिक्किम मनिपाल इन्स्टिच्युट अफ टेक्नोलोजीमा स्नातक तह भन्दा माथि पढन गएका नेपाली विद्यार्थीहरुले आफूहरु त्यहाँको पढाईबाट सन्तुष्ट रहेको बताएका छन्।
खासगरी प्राविधिक विषयमा स्नातक तह पढ्न चाहने नेपाली विद्यार्थीका उक्त शैक्षिक प्रतिष्ठान रोजाइमा पर्न थालेको छ।
पहाडी वातावरण तथा भीडभाडबाट अलग्गै स्थानमा रहेको उक्त प्रतिष्ठान एसएमआइटीमा नेपालका धेरै विद्यार्थी अध्ययनका लागि गएका छन्।
सुविधा सम्पन्न एसएमआइटीमा पढ्दा आफू टाढा वा विदेश गएर पढेको अनुभूति नभएको त्यहाँ अध्ययन गर्दै गरेका विद्यार्थी बताउँछन्। विसीए दोस्रो सेमेस्टरमा पढ्दै गरेकी विराटनगरकी रोज भेटवालले आफूले अध्ययनका लागि सही स्थान छनोट गरेको बताइन्।
उनले भनिन्, ‘यहाँ धेरै राम्रो छ। म राम्रो स्थानमा आएछु भन्ने लागेको छ।’
उनका लागि कि काठमाडौं कि देश बाहिर नै जानुपर्ने अवस्था थियो। तर नजिकको एसएमआइटीले उनलाई दरिलो विकल्प दियो।
त्यहीँ एमबीए दोस्रो सेमेस्टरमा अध्ययन गर्दै गरेकी झापा बनियानीकी आस्था दाहाल पनि उत्तिकै खुशी देखिन्छिन्। उनले भनिन्, ‘मैले स्नातक तह दक्षिण भारतबाट गरें। यहाँको पढाई त्यहाँको भन्दा कम छैन।’
त्यस्तै विराटनगरका आशिष पोद्दार पनि सोही कलेजमा विविए तेस्रो बर्षमा अध्ययनरत छन्। उनी भन्छन्, ‘साँस्कृतिक एक रुपताले पनि हामीलाई विदेशमा छौं भन्ने महसुस भएको छैन।’
अहिले नेपालका विद्यार्थीलाई लक्षित गरि झापाको विर्तामोडमा तीन दिने विद्यार्थी भर्नाको क्याम्प राखिएको छ। बैशाख २८, २९ र ३० गते विर्तामोडको हनुमान कम्प्लेक्समा प्लस टु गरेका विद्यार्थीलाई कक्षा ११ को अंकको आधारमा भर्ना लिइँदैछ।



