कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। पहिलो दिन आज (आइतबार) अंग्रेजी विषयको परीक्षा भइरहेको छ।
परीक्षाका लागि ४ लाख २८ हजार ५२ परीक्षार्थीले फाराम भरेका छन्। सबैभन्दा धेरै काठमाडौंमा ६२ हजार ५ सय ८८ र सबैभन्दा कम मनाङमा ५९ विद्यार्थीले कक्षा १२ को परीक्षाका लागि फाराम भरेको बोर्डले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर १ सय ७ परीक्षा केन्द्र कायम गरिएको छ। परीक्षा मर्यादित बनाउन १३ हजार २ सय ८४ सुरक्षाकर्मी खटाइएको छ।
परीक्षाको नियम उल्लंघन गर्नेलाई ६ महिना कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने बोर्डले जनाएको छ ।
परीक्षामा अनियमितता हुन नदिन यसपटक थप कडाइ गरिएको छ। प्रश्नपत्र राखिएको कोठामा सीसीटीभी राखेर निगरानी गरिएको बोर्डले जनाएको छ।
कक्षा १२ को परीक्षा वैशाख २९ गते सकिने छ ।
Facebook Comments Box