काठमाडौं । युवाको एक समूहले गाउँ घरमा नै पाइने स्थानीय स्रोत साधन जुटाएर कसरी भूकम्प प्रतिरोधि घर बनाउने भन्ने बारे जानकारी दिन मोबाइल एप्लिकेशन बनाएको छ ।
भूकम्प पीडितलाई सरकारले अब बन्ने घर भूकम्प प्रतिरोधीनै हुनु पर्ने बताएपछि धेरैमा अन्यौल बढेकाले त्यसलाई हटाउन युवा समूहले मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो ।
ढुंगा माटोले पनि बलियो र सुरक्षित घर बनाउन सकिन्छ भन्ने उदेश्यले अमेरिकी दूतावासको युवा परिषदले एप्लिकेशन ल्याएको हो । एप्लिकेशनको सञ्चार सचिव दिनेशकुमार थपलियाले सार्वजनिक गरेका थिए ।
Facebook Comments Box