एजेन्सी । थाइल्याण्डका विभिन्न पर्यटकीय स्थानमा बम विस्फोट हुँदा चार जनाको ज्यान गएको छ । विस्फोटमा धेरै घाइते भएका छन् । घाइते हुनेको एकिन संख्या पत्ता लागेको छैन । थाइल्याण्डको पर्यटकीय सहर हुवाहिन, फुकेत, सुरात थानी, पातोङ, ट्राङ, पाङनामा २४ घण्टाभित्र धेरै पटक बम विस्फोट भएको बिबिसीले जनाएको छ । 
विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । शुक्रबार थाइल्याण्डकी रानीको जन्मदिन हो । संवेदनशील समयमा विस्फोट भएको भन्दै उच्च अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट विस्फोटमा दुई खाले बम प्रयोग भएको जनाएको छ । पर्यटकीय सहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Facebook Comments Box