विर्तामोड । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस विर्तामोडले असोज ११ गते बिर्तामोडमा एजुकेशन सेमिनारको आयोजना गर्ने भएको छ।
नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीलाई विगत १५ वर्षदेखि एक्सपर्टले शैक्षिक परामर्श दिँदै आएको छ। यस वर्षपनि अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिने उद्देश्यले सेमिनारको आयोजना गरेको हो।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस बिर्तामोडका व्यवस्थापक कृष्ण खतिवडाले एक्सपर्टले गर्न लागेको शैक्षिक मेलाका विषयमा जानकारी गराएका थिए।
उनले अस्ट्रेलियाका विभिन्न युनिर्भसिटीबाट प्रतिनिधित्व गर्दै युनिर्भसिटीले प्रदान गर्ने सेवाका विषयमा जानकारी दिन प्रोफेसरहरुको समेत सहभागिता रहने बताए। सिड्नी, व्रिसवेन, मेलवर्न, एडेलिइड, गोल्डववेष्टमा एक्सपर्टका कार्यालय स्थापना गरिएको छ।
काठमाडौंसहित नेपालका विभिन्न स्थानमा यसको कार्यालय रहेको बताउँदै त्यसका विभिन्न विद्यालय र युनिर्भसिटीको वारेमा सेमिनारमा जानकारी गराइने एक्सपर्टका परामर्शदाता अभिचन्द्र प्रसाईंले जानकारी गराए। एक्सपर्टले आयोजना गर्न लागेको सेमिनार झापामा हालसम्म भएका सेमिनार भन्दा भव्य हुने बताईएको छ। उक्त सेमिनार विर्तामोडको होलिडे होम होटलमा हुने भएको छ।