काठमाडौं । मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख कमल गुरागाईं त्रिभुवन विश्वविद्यालयको सिनेट सभा सदस्यमा मनोनित भएका छन्।
त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गुरागाईंलाई त्रिवि सिनेट सभा सदस्यमा मनोनित गरेका हुन्।
त्रिभुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ।
मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी नौ अर्ब ७९ करोड ६ लाख २८ हजार आन्तरिक स्रोतबाट व्यहोर्ने प्रस्ताव पारित गरेको हो ।
Facebook Comments Box